फागुन १० – रौतहटमा आज एक नाबालकको घाँटी रेटी हत्या भएको छ ।
कर्कच कर्मैया गाविस–९ टिकुलिया टोलका विनोद राय यादवका सात वर्षीय छोरा शिवजी राय यादवको आज दिउँसो १ बजे हत्या गरी गाउँकै दक्षिणपट्टि रहेको उखु खेतमा फालिएको अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

नाबालक शिवजी आज बिहान घरबाटै हराएका थिए । खोजी गर्दै गर्दा उनलाई उखुको खेतमा मृत अवस्थामा भेटाइएको प्रहरी नायब निरीक्षक शोभणविक्रम राणाले जानकारी दिए ।

हत्या किन र कसले गरेको भन्नेबारे खुल्न सकेको छैन । उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै घटनाको थप अनुसन्धान गर्न प्रहरी उपरीक्षक गोविन्दराम परियारको टोली घटनास्थल पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।