फागुन ९ – हृदयघातका कारण हिजोदेखि अस्पतालमा रहेका पूर्वयुवराज पारस शाहको अवस्था हिजोको तुलनामा केही सुधार भएको छ ।

यद्यपी, पारसको उपचारमा संलग्न चिकित्सकहरुले उनको अवस्था स्थिर रहेको बताएका छन् ।
उनको अहिले बैंककस्थित समितिवेज अस्पतालमा उपचार भईरहेको छ । त्यहाँ उनको टाउकोको सिटी स्क्यान गरिएको छ भने मुटुको एमआरआई पनि गरिएको छ ।
टाउकोको स्क्यान गर्दा खासै समस्या नआएको र मुटुको एमआरआईको रिपोर्ट भने आउन बाँकी रहेको जनाइएको छ ।

हिजोदेखि अचेत अवस्थामा रहेका उनले आज मध्याह्नदेखि भने आँखाको परेला अलिअलि चलाउन सुरु गरेको बताइएको छ ।

उनलाई मंगलबार बेलुका आठ बजे हृदयघातका कारण बिरामी परेपछि अस्पताल लगिएको थियो । त्यहाँ सुरुमा उनको आईसियुमा राखेर उपचार गरिएपनि स्वास्थ्यमा सुधार नदेखिएपछि सिसियुमा सारिएको छ ।

चिकित्सकहरुले उनको अवस्था गम्भीर रहेको भन्दै परिवारजनमा खबर गर्न भनेपछि हिजै उनको बारेमा जानकारी परिवारमा आईसकेको थियो ।

उनलाई भेट्न नेपालबाट पूवयुवराज्ञी हिमानी शाह पनि जाने भनिए पनि छोरी कृतिका पनि गम्भीर बिरामी भएर नर्भिक अस्पताल भर्ना गरिएपछि पारसलाई भेट्न हिमानी बाहेकको एक टोली थाइल्याण्ड प्रस्थान गरिसकेको छ ।

उक्त टोलिमा पूवराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल भने बैंकक गएका छै्रनन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।