फागुन ९ – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले प्रधानन्यायाधीश खिनाराज रेग्मीले विदेशीको इराशामा संविधानसभाको म्याद नथपिदिएकाले देश यो अवस्थामा आएको बताएका छन् ।
संवाद डबलीले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशलाई अहिलेको जटिलतामा ल्याउन प्रधानन्यायाधीश खिलराज रेग्मी कारक भएको जनाए ।
कार्यक्रममा बोल्दै वैद्यले रेग्मीको इजलाशले नै विदेशीको इशारामा परेर संविधानसभाको म्याद नथप्ने निर्णय गरिदिएकाले देश यो हालतमा आएको दाबी गरे ।

विदेशीकै इराशामा म्याद नथपिएको भन्दै उनले सर्वोच्चले ६ महिना म्याद थपिदिएको भए देश अहिलेको जटिल अवस्थामा आई नपुग्ने बताए ।

वैद्यले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु शक्ति पृथकीकरणको सिद्धान्त बिपरीत हुने भन्दै प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन भए आफूहरुलाई मान्य नहुने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।