फागुन ९ – प्रमुख चार राजनीतिक दलका शिर्ष नेताहरुले प्रधानन्यायाधीश खिलानाथ रेग्मीलाई भेट्न खोजे पनि उनले भने अस्वीकार गरेपछि नेताहरु हेरेको हैरै परेका छन् ।

चुनावी सरकारको नेतृत्व गरिदिन सामुहिक रुपमा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई भेटेर आग्रह गर्ने प्रमुख दलका नेताहरुलाई उनले समय नदिएका हुन् । रेग्मीले नेताहरुलाई भेट्नै नचाहेको स्रोतको भनाई छ ।

प्रधानन्यायाधीश रेग्मीले पहिले जेठभित्र चुनाव गर्न सबै दलको स्पष्ट प्रतिबद्धता आउनुपर्ने, दलहरु नेतृत्व विवादमा रहन नहुने तथा ‘प्रधानन्यायाधीश–प्रधानमन्त्री’ रोक्न सर्वोच्च अदालतमा परेको रिट निवेदनको निर्णय नआएसम्म शीर्ष नेताहरुसँग भेट्न नचाहेको बताइएको छ ।

एकातिर प्रधानन्यायाधीशले यी मागहरु अघि सारेका छन् भने अर्कातिर प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्तावको खारेजीको मागसहित सर्वोच्चमा परेको रिटको विषयलाई लिएर पनि उनले नेताहरुलाई समय नदिएको स्रोतले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।