जन्ती बोकेको बस दुर्घटना, १ को मृत्यु अन्य ३० घाइते

फागुन ८ – बर्दियामा जन्ती बोकेका बस दुर्घटना १ को मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।
सदमुकाम गुलरिया नजिक जन्ती बोकेको बस दुर्घटना भएको हो । बर्दियाको कालिका मयुरवस्तीबाट जन्ती लिएर गुलरीया नगरपालिका ५ तुल्सीपुर तर्फ आउँदै गरेको ना ३ ख ६२३० नम्मरको बस तुल्सीपुरको गणेश चोक नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन भने घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।