फागुन ८ – नेकपा–माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण आज देशभर नै असर परेको छ ।
प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रमुख दलहरुको निर्णयको विरोध तथा दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याको अभियोगमा पक्राउ परेका आफ्ना कार्यकताको रिहाईको माग गर्दै माओवादीले आज नेपाल बन्दको आह्वान गरेको हो ।

बन्दका कारण शैक्षिक संस्था, सवारी सधान, उद्योग कलकाराखानाहरु ठप्प रहेका छन् ।

बन्द सफल बनाउन बिहानैदेखि माओवादीका कार्यकर्ताहरु चोक चोकमा उत्रिएका छन् ।

यसैबीच, बन्दको अवज्ञा गर्ने केही सवारी साधानमाथि तोडफोड समेत भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।