फागुन ७ – नगरपालिका क्षेत्रभित्र छर्किनका लागि ल्याइएको मलेरिया र कालाजारका किटाणु मार्न प्रयोग गरिने विषादी छ महिनाअघि नै म्याद गुज्रेको अवस्थामा जलेश्वर नगरपालिकाको भण्डारमा फेला परेको छ ।स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँले महोत्तरीको एकमात्र जलेश्वर नगरपालिका कार्यालयलाई कालाजारबाट अति प्रभावितका लागि ४८ ड्रम र जिल्लाका ७६ गाविस तथा कारागारका लागि ३६ ड्रम अल्फामेथाथ्रिन नामक विषादी पठाएको थियो ।



