फागुन ७ – नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्दा दलबीच थप असहमति बढ्न भन्दै मुलुकलाई दुर्घटनाबाट जोगाउन दलको नेतृत्वमै सरकार गठन गरिनुपर्ने बताएका छन् ।
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरिए आप्mनो दलले त्यसविरुद्ध कडा प्रतिकार गर्ने चेतावनी पनि उनले दिएका छन् ।

आज नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “यो राजनीतिक दलहरूको औचित्य समाप्त पार्ने उद्देश्यले ल्याइएको प्रस्ताव हो, आप्mनो दलको विमतिका बाबजुद त्यस्तो सरकार गठन भए नेपाल बन्द र चक्का जाम जस्ता कडा सङ्घर्षका कार्यक्रम तय गरिने छ ।”

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।