काठमाडौँ, ६ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीको केन्द्रीय समितिको निर्णयविपरीत मुख्य नेतृत्वले प्रधानन्यायाधीशलाई कार्यकारी अधिकारसहित कार्यपालिका प्रमुख बनाउने विषयमा राजनीतिक दलबी सहमति गरेकाले सो विषयको छिनोफानो गर्न पार्टी महासमिति बैठक आह्वान गर्न माग गरेका छन् ।
आज विज्ञप्ति जारी गर्दै उनले ‘एमाओवादीको घोषित नीति नै स्वतन्त्र न्यायपालिकाको पक्षमा नरहेको स्पष्ट नै भएको भए पनि स्थापनाकालदेखि नै जस्तोसुकै सङ्कटमा समेत लोकतन्त्रका आधारभूत मान्यताको खिलाफमा कहिल्यै सम्झौता नगरेको गौरवशाली इतिहास बोकेको नेपाली काँग्रेसले समेत आफ्नो मूल्यमान्यता यसरी तिलाञ्जली दिनु’ अत्यन्त दुःखद् भएको उल्लेख गरे ।
Comments