काठमाडौं २७ भदौ
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डका पुत्र तथा प्रचण्डका स्वकिय सचिव प्रकाश दाहालले फेसबुकमा लेखे ‘१५ घण्टाको लागि काठमाडौंमा, भोली फेरि मधेश अभियानमै !’
प्रचण्डले यतिबेला पुरै समय प्रदेश दुईको निर्वाचनका लागि छुट्याएका छन् । यसअघि ८ दिन मधेस बसेर काठमाडौं फर्किएको २४ घण्टा बित्न नपाउँदै उनी फेरि प्रदेश दुई हान्निएका थिए । पार्टी सचिवालय बैठक समेत उनले वीरगन्जमा नै राखेका थिए । उनी यतिबेला पार्टीका उम्मेदवारलाई चुनावमा जिताउन भन्दै मैदानमा छन् । सोमबार मात्र उनी काठमाडौं फर्किएका हुन् ।
चुनावी प्रचार प्रसार तथा सभा समरोहमा व्यस्त प्रचण्ड आखिर किन एक दिनका लागि आए त, उनका सचिवालयका अनुसार आज संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाल, विप्लव नेतृत्वको नेकपाबाट ठूलो संख्यामा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्ड पार्टी प्रवेश गराउनका लागि मात्र एक दिनका काठमाडौं आएका हुन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा पार्टी प्रवेश गराएसँगै प्रचण्ड सिँधै एयरपोर्ट हुँदै आज नै प्रदेश दुई जाने कार्यक्रम रहेको उनको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।