फागुन ४ नवलपरासी जिल्लामा करिब पाँच प्रतिशत मानिसमा यौन रोगको सङ्क्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याकङ्ले देखाएको छ ।
यौन रोगसम्बन्धी उपचार सेवा विस्तार गर्न कार्यालयले विभिन्न जनचेतनामूलक कार्य गर्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक छवि गिरीले बताउनुभयो ।

अधिकांश महिलामा अन्य समस्याभन्दा पाठेघरसम्बन्धी समस्या देखिने गरेको छ । तर नवलपरासीमा यौन रोगसम्बन्धी समस्या लिएर आउने बिरामीले चेतनाको अभाव र परम्परागत सोचका कारण चिकित्सकसँग खुलेर समस्या राख्ने नगरेको जिल्ला अस्पतालका चिकित्सक डा देव कुमार यादवले बताए ।

यौन रोग भएको मान्छेलाई एचआइभी सर्ने सम्भावना बढी रहन्छ । यौन अङ्गमा घाउ र अन्य यौन रोगको लक्षण भएका बेलामा यौन सम्पर्क गरे यस्ता रोग सर्ने सम्भावना बढी हुन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।