फागुन १ गते अतः १८ वर्ष अगाडी आजैका दिन जनयुद्धको सुरुवात गरिएको थियो । सोही जनयुद्धको जगमा जनआन्दोलन २०६२/६३ सफल हुँदै देशमा संविधानसभाको चुनाव पनि भयो । त्यसमा सबैभन्दा ठूलो दल दश वर्ष युद्ध लडेर आएको तत्कालिन नेकपा माओवादी बन्यो ।
तर उक्त संविधानसभाले ४ वर्ष लगाएर पनि नयाँ संविधान भने जारी गर्न सकेन । त्यसमा दलहरु पूर्ण असफल भए । त्यसपछि अहिलेसम्म देश त्यसै अलमलिएको छ । जनता दिनानुदिन निराश बन्दैछन् ।
देशमा संविधान नबन्दा सबै नै बेखुसी छन् । नेताहरुप्रति जनता टाढिरहेका छन् अझ त्यसमा पनि सबैभन्दा दुःखी छन्– तिनै दश वर्षसम्म युद्ध लडेकाहरु । अनि घाइते तथा शहिद अपांग तथा बेपत्ता परिवारजनहरु ।
जनयुद्धका क्रममा उनीहरुलाई मिठा मिठा सपना बाँडिएको थियो । सत्ता आएपछि देशमा आमूल परिवर्तन हुन्छ भनिएको थियो । स्वास्थ्य शिक्षा, तथा रोजगारको ग्यारेन्टी हुन्छ भनिएको थियो आदी आदि । त्यही भएर पढ्न छाडेर विद्यार्थीहरु, गोरु जोत्न जोडेर किसानहरु अनि जातो ढिकी गर्न छाडेर महिला युद्धमा होमिए । जो उनीहरु अहिले कति जिवित छन् त कतिले भने देशका लागि भनेर रगत बगाईसकेका छन् । तर, अहिलेसम्म आउँदा उनीहरुका सपना अधूरै छन् । माओवादी सरकार पटक पटक सरकारमा सामेल भयो । उसैको नेतृत्वमा सरकार बन्यो तर पनि देशका लागि लड्नेहरु भने लडिरहे । उनीहरु अहिलेसम्म पनि मरि नै रहे । बाँकी धेरै कुरा घटनाक्रमले तपाई हामीलाई देखाईसकेको छ । त्यसमा माओवादी फुटेर दुई वटा पार्टी पनि बनिसकेको छ । यद्यपी उनीहरुले आज जनयुद्ध दिवस मनाईरहँदा उनीहरुले दिवसका अवसरमा नदेखेका दृश्यहरु हामीले भिडियोमार्फत खोज गरी यहाँ तल पस्किएका छौँ ।