फागुन १, रासस – प्यूठानको माझकोटमा एक वृद्धको आफ्नै घरको आँगनमै लडेर ज्यान गएको छ । माझकोट–८ काफलबोट निवासी छविलाल पुनले मदिरा सेवन गरी वृद्ध आमा शशी पुनलाई लखेट्दा भाग्ने क्रममा लडेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अत्यधिक मदिरा सेवन गरी आफ्नै श्रीमती ईन्द्रा पुनसहित घरका अरू सदस्य र ८३ वर्षीय आमालाई समेत घरबाट निकाल्न भन्दै उनले लखेटेको स्थानीयले प्रहरीसमक्ष बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।