माघ २८ – अम्मली छोराको निर्मम कुटाइबाट बाँके जिल्ला कारकादो गाविस—२ कि ४० वर्षीया कमरुन निसाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, शनिबार साँझ लागु औषध सेवनका लागि रकम नदिएको रिसमा छोरा जलिल नाउले आमालाई मरणासत्र हुनेगरी कुटेको थियो ।

कुटपिटबाट गम्भीर घाइते बनेकी कमरुनको स्थानीय भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ भने अभियुक्त जलिललाई पक्राउ गरिएको छ ।

यसैगरी नेपालगन्ज—४ निवासी १५ वर्षीया किशोरी काजल गुप्ताले आफ्नो कोठामा आत्महत्या गरेको राससले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।