माघ २८ – राष्ट्रपति डा रामवरण यादवले मुलुकको राजनीतिक सङ्कटको दुई दिनभित्र निकास निकाल्न प्रमुख दलका नेताहरुलाई आग्रह गरेका छन् ।

प्रमुख दलका शीर्ष नेताहरुसँग शनिबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा राष्ट्रपति डा यादवले सो आग्रह गरेको बैठकपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीलाई जानकारी दिए ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि प्रधानन्यायाधीश मात्र होइन, बहालवाला वा पूर्व न्यायाधीश वा स्वतन्त्रमध्ये जो भए पनि आफ्नो पार्टीको सहमति रहनेछ भन्दै यस विषयमा सञ्चार माध्यमहरुले प्रधानन्यायाधीशको कुरालाई मात्र अगाडि ल्याएर विवाद सिर्जना गरेकामा दुःखेसो गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।