
घर परिवारले विवाहको लागि सम्पूर्ण तयारी पूरा गरेपछि कटौजपानी–३ की १८ वर्षीया विरमा कुँवरले घरभित्रै झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
स्थानीय रौलेश्वर माविमा कक्षा ९ मा अध्ययन गर्ने कुँवरले घर परिवारले इच्छा विपरीत बिहे गरिदिन लागेका कारण आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।
उनको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख लालबहादुर साउदका अनुसार मृतक किशोरीको सोमबार छिमेकी सित्तड गाविस निवासी एक युवकसँग विवाहको हुँदै थियो ।
बिहेका लागि सीमा बजार झुलाघाटबाट दुवै पक्षले आवश्यक सबै सामान घर पु¥याइसकेको स्थानीय प्रताव महराले बताए ।
Comments