माघ २७– ताप्लेजुङको सदरमुकाम फुङ्लिङ–७ मा गएराति आगलागी हुँदा करोडौं रुपैयाँ बराबरको सम्पति जलेर नष्ट भएको छ ।
आगलागीमा आठ परिवारको घर र पसल जलेको हो । प्रारम्भिक अनुमानअनुसार करिब रु दुई करोडको सम्पति जलेर नष्ट भएको छ ।
ताप्लेजुङका प्रहरी उपरीक्षक गोविन्दप्रसाद आचार्यले उमा गुरुङ, डिल्ली गुरुङ, कर्णध्वज लिम्बु, सन्दीप लिम्बु, कुमारहाङ लिम्बु, मणि लिम्बु, मिङ्मा शेपा र लाक्पा शेर्पाको घर जलेर नष्ट भएको हो ।
Comments






