माघ २७ – कास्की प्रहरीले पोखराको क्यासिनो ग्रयाण्डबाट शुक्रबार १० नेपालीलाई पक्राउ गरेको छ ।
पोखरा र कास्की भित्र सामाजिक अपराध न्यूनिकरण तथा नियन्त्रण गर्ने अभियानअन्तर्गत प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा नौ जनालाई पक्राउ गरेको हो ।
शुक्रबार राती ९ बजे सादा पोशाकमा खटिएका प्रहरीले जुवा खेलिरहेको अवस्थामा नगदर जुवाको क्वाईनसहित पक्राउ गरेको हो । सो क्रममा क्यासिनोमा कार्यरत वर्ष २४का वसन्तलाल दिवाकरले प्रहरीलाई दुव्यवहार गरेकोले उनलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यसरी पक्राउ पर्नेहरुमा ललितपुर–१८का वर्ष २९का अमूल्यराज बज्राचार्य, लेखनाथ बस्ने वर्ष ४६का पवनकान्त पौडेल, स्याङ्जा मगम चिसापानीका वर्ष ४७का निर्मल भण्डारी, बाग्लुङ चिस्तीका ढुण्डीराज शर्मा, म्याग्दी पात्लेखेतका वर्ष ३६का तुलबिर बिक रहेका छन् ।
यसैगरी सोही स्थानबाट प्रहरीले भरतपुर–२, चितवनका वर्ष ३२ का विकास घले, स्याङ्जा चिसापानीका वर्ष ३०का प्रकाश सिग्देल, स्याङ्जा फेदीखोलका वर्ष ३६का गमबहादुर गुरुङ र कैलालीका २१ वर्षिय भुवन गाहा रहेका छन् ।
यसैगरी कास्की प्रहरीले कास्कीको कास्कीकोट–८, मान्द्रेढुंगाबाट तीन केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेहरुमा पोखरा–११, फूलबारी बस्ने वर्ष २२का मनिष शेरचन र वर्ष २२ कै बसन्त शर्मा र कास्कीकोट गाविस–८ बस्ने वर्ष ४५का गम्भीर देवकोटा रहेका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिई हिरासतमा राखिएको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । – फडिन्द्र अकिञ्चन
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।