माघ २७ – जुम्ला सदरमुकामबाट करिब २६ किलोमिटर उत्तरपश्चिममा अवस्थित बड्की गाउँ विकास समिति–२ का एक स्थानीयको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।
माटोको खानी भत्कँदा मृत्यु हुनेमा बड्की–२ दयालगाउँका २५ वर्षीय डोकी शाही रहेकी छिन् भने घाइतेहरुमा ५० वर्षीया ज्योति शाही, २८ वर्षीया विष्णुकला शाही र १९ वर्षीया रानीपुरा शाही रहेको स्थानीय धनराज शाहीले जानकारी दिए ।
घाइते तीनजनालाई स्थानीयवासीको सक्रियतामा माटोबाट तत्काल निकालेर स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको शाहीले बताए ।
Comments