माघ २६ – खतरनाक मस्तिष्क रोगको उपचार अब विर अस्पतालबाट हुने भएको छ । वीर अस्पतालबाट दक्षिण एसियामै पहिलोपटक दुर्लभ दुईवटा रोगको सफल शल्यक्रिया सम्पन्न भएको हो
वीर अस्पतालको न्युरो सर्जरी वार्डले विश्वमै एकरदुईवटा संस्थामा मात्र हुने ‘भेन अफ ग्यालेन एनोरिजम’ र ‘जाइन्ट एनोरिजम’ नामक रोगको सफल शल्यक्रिया सफलताका साथ सम्पन्न गरेको हो ।

‘भेन अफ ग्यालेन एनोरिजम’ नशा फुलेर टाउको ठूलो हुँदै जाने र ‘जाइन्ट एनोरिजम’ दिमागको नशा फुलेर बेलुनजस्तो हुने रोग हो ।
न्युरो सर्जरी वार्डमा ‘भेन अफ ग्यालेन एनोरिजम’को झन्डै ११ घन्टामा र ‘जाइन्ट एनोरिजम’को १६ घन्टा लामो समय लगाएर सफल शल्यक्रिया गरिएको बताइएको छ ।

अस्पतालका वरिष्ठ न्युरो सर्जन डा। शर्मासहित डा। पवन कुमार, डा। प्रकाश विष्ट, डा। राजीव झा, डा। केआई सिंह र चिनियाँ डाक्टर श्रीसान उनको सहयोगमा दुई साताअघि बिरामीको शल्याक्रिया गरिएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।