लागु औषधको विषयलाई लिएर प्रहरीले गायक सुगम पोखरेलसहित अन्य सात जनालाई पक्राउ गरेको छ ।
राजधानीको सेतोपुलबाट पोखरेलसहित सात जना लागु औषध प्रयोग अभियोगमा आज पक्राउ परेका हुन् । सुगमसहित पक्राउ पर्नेहरु लागु औषध प्रयोगकर्ता भएको दाबीसहित प्रहरीले पक्राउ गरेको बताइएको छ ।
प्रहरीले भने सुमगसहित अन्य पक्राउ परेकाहरु लागु औषध प्रयोगकर्ता हुन् या होइनन् भन्ने विषयमा अनुसन्धान भइरहेको बताएको छ ।
उनीहरुलाई आज प्रहरीले काठमाडौंको सेतोपुलबाट पक्राउ गरेको हो । पक्राउ परेका पोखरेलको बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
Comments