माघ २६ – मध्यपुरथिमि नगरपालिका–१६ स्थित दीपक बस्नेतको घरमा गएराति अज्ञात समूहले हतियार देखाएर लुटपाट गरेको छ ।
राति करिब १ बजे घरभित्र पसेको पाँच जनाको लुटेरा समूहले तरबार र खुकुरी देखाएर नगद रु तीन लाख र ६ तोला सुनका गहना लगेको महानगरीय प्रहरी वृत्त थिमिले जानकारी दिएको छ । प्रहरीले लुटेरा समूहको खोजी भइरहेको बताएको छ ।
Comments




