माघ २५ – एकीकृत नेकपा माओवादीले हेटौंडामा जारी सातौँ महाधिवेशनबाट सहमतिको लागि नयाँ फर्मुला सार्वजनिक गरेको छ ।

यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनबाट सहमतिको गाँठो फुक्ने गरी फर्मुला ल्याउने बताउँदै आएकोमा आज बहालवाला प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव अघि सारेका हुन् ।

एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले बन्दसत्रको छलफलले चुनाव गराउन प्रधानन्यायाधिसको नेतृत्वमा सरकार निर्माण गरिनुपर्ने प्रस्ताव लिएको बताए ।

बन्दसत्रले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र स्वनाम साथीको विधान पारित गरेको बताइएको छ । यस्तै, प्रचण्डको प्रतिवेदनमा उल्लेख गरिएको सिमाना सम्बन्धि विवादमा जनमत संग्रह गर्ने भन्ने प्रावधान हटेको जनाइएको छ ।

एमाओवादीको महाधिवेशन माघ २१ गतेदेखि सुरु भएकोमा नयाँ नेतृतव चयन भएपछि महाधिवेशन सकिने छ । उक्त बन्द सत्रमा अध्यक्ष प्रचण्डका साथै गोपाल किराँती, लेखराज भट्ट र राम कार्कीले फरक मत प्रस्तुत गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।