सुन्दा नाटकिय घटना जस्तो भए पनि यथार्थ यही नै हो । जहाँ आफ्नै काकाको योजनामा ८ बर्षको भतिज अपहरणमा परेको खुलासा भएको छ ।
वीरगंज आदर्शनगरबाट ९ दिनअघि अपहरणमा परेका बालक श्लोक अग्रवालको उद्धारका लागि भेडियाही पुगेको प्रहरी टोली र अपहरणकारीबीच झडप समेत भएको थियो । झडपमा दुई अपहरणकारीको मृत्यु भएको थियो ।
त्यसपछि प्रहरीले पर्साको भेडियारीबाट सोमबार बिहान बालक श्लोक अग्रवालको उद्धार गरेको थियो । सोही अपहरणको अहिले खुलासा भएको हो भिडियोमा हेर्नुहोस्