दिल दुखेको साँचो दैलेख (भिडियोमा)

जनयुद्धकालमा तत्कालिन नेकपा माओवादीद्वारा हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको मुद्धाले अदालतमा पाइला टेकेपछि उचाई लिन पुग्यो । यतिसम्म की सारा नेपालको ध्यान खिच्न सफल भयो । सोही मुद्धालाई लिएर सर्वस्वसहित जन्मकैदका मागदावीसहित मुद्धा दायर गरियो ।

त्यसपछि प्रहरीले लक्षीराम घर्तीमगर, वीर बहादुर केसी, हरिलाल पुन, जय बहादुर शाही र नीरक ब. घर्तीलाई पक्राउ गरी अदालत समक्ष बुझायो । अदालतले पनि उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो । त्यसपछि उक्त मुद्धाको विपक्षमा वकालत गरिरहेका कानुन व्यवसायीहरुले भने अदालतले शान्ति सम्झौता र अन्तरिम सम्झौताको उल्लंघन गरेर द्वन्द्वको सुरुवात गरेको ठहर समेत गरे ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।