माघ २४ – सादा पोसाकका ट्राफिक प्रहरीेले विगत ५१ दिनमा १२ हजार १५३ सवारी चालकलाई कारबाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आफूले हालै सञ्चालन गरेको अभियानमा पाँच हजार ४६ लेन अनुशासन उलङ्घन तथा जथाभाबी यात्रु ओराल्ने र उकाल्ने एक हजार ८५१ सवारी साधनलाई कारबाही गरिएको आज जनाएको छ । त्यसैगरी ढोका खुला गर्नेहरू एक हजार ६३९, रेडलाइट उलङ्घन गर्नेमा ९७५, निषेधित क्षेत्रमा रोक्नेहरू एक हजार ११३ र लापरबाहीसाथ सवारी चलाउनेहरू ३५९ पाइएको महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकाका व्यस्त सडकमा प्रहरी पोसाकका ट्राफिक प्रहरीको सबै स्थानमा पहुँच पुग्न नसकेका कारणले ट्राफिक प्रहरीको उपस्थिति नभएको स्थानमा सवारी नियम उल्लङ्घन गर्नेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको बताइएको छ । रासस


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।