माघ २३ – एकीकृत नेकपा माओवादीबाट अलग भएर बनेको नेकपा–माओवादीले पार्टी फुटको औचित्यलाई प्रचण्डको दस्तावेजले पुष्टि गरिदिएको जनाएको छ ।

माओवादी मध्यमाञ्चल ब्युरोको राजधानीमा आज भएको प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष मोहन वैद्य किरणले एमाओवादीको महाधिवेशनमा प्रस्तुत दस्तावेजमा बलप्रयोगको सिद्धान्तलाई अस्वीकार गरिनु र संसदीय व्यवस्थालाई स्वीकार गरिनुले आफूहरुको सम्बन्धविच्छेदको औचित्य साबित गरेको छ बताए ।

किर्तिपुरस्थित स्मृति हलमा आयोजित उक्त प्रशिक्षण कार्यक्रममा उनले एमाओवादीको महाधिवेशनमा सीमा विवाद जनमत सङ्ग्रहबाट टुङ्ग्याउनुपर्छ, देश आर्थिक रुपमा समृद्ध नभएसम्म राष्ट्रिय स्वाधीनताको रक्षा हुन सक्दैन, अब सशस्त्र युद्ध र जनवादी क्रान्तिको आवश्यकता छैन भन्ने जस्ता कुरा ल्याउनाले सो दलको दिशा कता जान्छ भन्ने पनि प्रष्ट भईसकेको उल्लेख गरे ।

महाधिवेशनमा प्रस्तुत दस्तावेजमा बलप्रयोगको सिद्धान्तलाई अस्वीकार गरिनु र संसदीय व्यवस्थालाई स्वीकार गरिनुले आफूहरुको सम्बन्धविच्छेदको औचित्य साबित गरेको छ भन्नुभयो । उहाँले भन्नुभयो– महाधिवेशनमा सीमा विवाद जनमत सङ्ग्रहबाट टुङ्ग्याउनुपर्छ, देश आर्थिक रुपमा समृद्ध नभएसम्म राष्ट्रिय स्वाधीनताको रक्षा हुन सक्दैन, अब सशस्त्र युद्ध र जनवादी क्रान्तिको आवश्यकता छैन भन्ने जस्ता कुरा ल्याउनाले सो दलको दिशा अहिल्यै देखिएकोे छ ।”

कार्यक्रममा उनले प्रचण्डले महाधिवेशनमा प्रस्तुत गरेको दस्तावेजे दस्तावेज प्रचण्डको नभएर बाबुराम लाइन र विचारको भएको समेत जनाए । अझ अहिले त एमाले नेता घनश्याम भुसालको प्रतिवेदनका धेरै अंश चोरी भएको सार्वजनिक भएको छ उनको भनाई छ ।

उनले आन्दोलनको बीचबाट पार्टीलाई स्थापित गर्दै लैजाने पार्टीको योजना भएको जानकारी दिँदै त्यसका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कार्यक्रममा उपाध्यक्ष सिपी गजुरेल पार्टी महासचिव रामबहादुर थापा लगायतले. पार्टी सङ्गठन सुदृढीकरणमा जोड दिँदै युवालाई सशक्त र प्रभावकारी रुपमा परिचालन गर्ने तयारी पार्टीले गरेको जनाए ।

प्रशिक्षणमा मध्यमाञ्चल ब्युरोअन्तर्गत नेवा, ताम्सालिङ , मिथिला र भोजपुरा राज्यअन्तर्गतका राज्यसमितिका एकहजार बढी राज्य समिति सदस्य सहभागी थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।