माघ २३ – विश्व साईकलयात्री सौरब दाहाल विश्व साईकल यात्राको क्रममा नेदरल्याण्ड पुगेका छन् ।

बेल्जियम स्थित ईयूका प्रतिनिधिसँग भेट गरि उनी ५७ औँ राष्ट्रको रुपमा आईतबार नेदरल्याण्ड पुगेका हुन् ।

त्यहाँ उनले डच पत्रकारसँग भेट गरि आफ्नो अभियानबारे जानकारी गराउने ईच्छा गरेका छन् । नेपाली दूतावास बेल्जियमको अनुरोधमा नेपाली कन्सुलेट नेदरल्याण्डले उनको कार्यक्रम बारे जानकारी गराउदै नेदरल्याण्डका पत्रकार हरुलाई पत्राचार गरेको उनले बताएका छन् ।

उनि बुद्वको जन्मस्थल लुम्बिनी हो, सगरमाथा नेपालमा पर्छ भन्ने सन्देश लिएर २००७ देखि यो अभियानमा लागेका हुन् ।

२०१२ अगस्त १ देखि यूरोप यात्रामा निस्केका उनले कयौ देशका उच्च निकायका ब्याक्ति सग भेट गरि सगरमाथा र बुद्व नेपालमा जन्मेको भन्ने लुम्बिनीको पोस्टर बाड्दै आएका छन् । हाल उनलाई नेदरल्याण्डमा माउन्ट एभरेष्ठ रेष्टुरेन्टले सहयोग गरेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।