२३ माघ – नवलपरासीमा आज दिउँसो भएको दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
परासीबाट भैरहवा गइरहेको लु १ त ९६४५ नम्बरको ट्र्याक्टरबाट खसेर हकुई गाविसको तोनहवामा एक जनाको मृत्युभएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी रामग्राम नगरपालिका–६ का ३० वर्षीय वीरेन्द्र शाहनीको मृत्युभएको हो । त्यसैगरी लु १ ख ४०३४ नम्बरको ट्रकको ठक्करबाट रामग्राम नगरपालिका– ११ का ३० वर्षीय रोशन चौधरीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
Comments








