माघ २३ – कञ्चनपुरको बेलौरीमा ट्रक तथा ट्याक्टरबाट जबरजस्ती पैसा लुट्ने माओवादीका पूर्व लडाकुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले लक्ष्मीपुर–९ बुटाबारी बस्ने माओवादीका पूर्व लडाकु जयबहादुर बोहरासँगै स्थानीय सन्तोष बोहरा र ध्रुब भनिने दिपक बोहरालाई पक्राउ गरेको हो ।
उनीहरुले सोमबार राति धनगढीबाट रामपुर बिलासीपुर गाविसमा रहेको चिनी मिलमा जाँदै गरेको ना ३ ख ६१०२ र ना ३ ख ६०९८ नम्बरको ट्रकबाट सात–सात हजार र धनगढी बाटै बेलौरीतर्फ कुखुराको दाना लैजाँदै गरेको से १ त ४२२४ नम्बरको ट्रकबाट दुई हजार लुटेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक दिपेन्द्र शाहीले बताए ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको उहाँले बताए ।

पक्राउ परेका तीनै जनामाथि जबरजस्ती लुटपाटको मुद्दा दायर गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।