माघ २२ – बाजुराको मार्तडीस्थित राष्ट्रिय वाणिज्य बैङ्क परिसरबाट आज झण्डै दुई लाख रुपैयाँ चोरी भएको छ ।
कैलाशमाण्डौं गाविस–८ ताम्सुका मनबहादुर थापाले आज दिउँसो बैङ्कबाट झिकेको एक लाख ७० हजार रुपैयाँ बैङ्क परिसर भित्रैबाट चोरी भएको हो ।
बैङ्कबाट झिकेको दुई लाख रुपैयाँ मध्ये ३० हजार फेरी बैङ्क खातामा जम्मा गर्न गएका बेला थापाको पैसा चोरी भएको बताइएको छ ।
३० हजारको भौचर भरेर रकम जम्मा गर्न गएका बेला बाँकी रुपैयाँ भएको झोला त्यही भौजर भर्ने ठाउमा राखेको मौकय छोपी छोपी रकम चोरी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बैङ्क परिसरबाट रुपैयाँ चोर्ने ब्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Comments







