माघ २२ – कृषि तथा पशुविज्ञान अध्ययन संस्थान रामपुरबाट विद्यार्थी नेताहरुलाई प्रहरीले गएराति पक्राउ गरेको छ ।
नेकपा–माओवादी निकट अनेरास्ववियु( क्रान्तिकारी)का केन्द्रीय सदस्य नारायण न्यौपाने, रुद्र भट्टराई र अनेरास्ववियुका जिल्ला अध्यक्ष केशव कँडेललाई पक्राउ गरेको हो ।
गएराति साढे ८ बजे पक्राउ परेका उनीहरुका बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्याम्पसमा होहल्ला गरेको भन्दै क्याम्पसले लिखित रुपमै प्रहरीलाई पक्राउ गर्न आग्रह गरेपछि क्याम्पस हाताभित्रैबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
विद्यार्थी नेता पक्राउ परेकोप्रति अनेरास्ववियुले आपत्ति प्रकट गरेको छ । अनेरास्ववियुका केन्द्रीय सदस्य निरज भट्टले पक्राउ परेका विद्यार्थी नेता आज बिहान १० बजेसम्म रिहा नभए चितवनका शिक्षणसंस्था अनिश्चितकालीन बन्द गर्ने चेतावनी उनले दिएका छन् ।
Comments




