सन फ्रान्सिस्को, माघ २० (एपी) – ट्विटरले साढे दुई लाख अकाउन्टमा ह्याकरहरुले पहुँच बनाएको स्वीकार गरेको छ। मिडिया कम्पनीहरुमा हालैका दिनमा भइरहेको ‍साइबर आक्रमणको शिकार आफू भएको ट्विटरले बताएको छ ।

ट्विटरका अनुसार आक्रमण गर्नेहरुले साढे दुई लाख प्रयोगकर्ताहरुको युजरनेम, इमेल ठेगाना र पासवर्ड चोरिएको हुनसक्छ। त्यस्ता अकाउन्टका प्रयोगकर्तालाई ट्विटरले पासवर्ड परिवर्तन गरी इमेलमा सूचना पठाइसकेको छ।

केही दिनदेखि अमेरिकी मिडिया र प्रविधि कम्पनीमा साइबर आक्रमण बढेको छ। न्युयोर्क टाइम्स र वाल स्ट्रिट जर्नलले आफ्नो कम्प्युटर सिस्टममा चीनका ह्याकरहरुले आक्रमण गरेको बताएका थिए । -नागरिकन्युजबाट

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।