माघ २२ – दक्षिण धादिङको गजुरी गाविस वडा नं १ रामजारकी एक चार वर्षीया बालिकालाई छिमेकीले शनिबार बेलुका बलात्कार गरेका छन् ।

बालिकालाई ललाइफकाई घर नजिकै एकान्तमा लगेर छिमेकका ४५ वर्षीय सुब्बा मिजारले बलात्कार गरेको र पीडकलाई गिरफ्तार गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामहरि पाण्डेले बताए ।

पीडकविरुद्ध जिल्ला प्रहरी कार्यालयले बालिकामाथि जवरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरी आइतबार हिरासतमा लिएको हो ।

पीडित बालिकाको गजुरी अस्पतालमा उपचारगरिएपछि जिल्ला अस्पताल भर्ना गरिएको छ ।

गएको एक महिनाको अवधिमा तीन बालिकामाथि बलात्कार भएको र यससम्बन्धी जिल्ला प्रहरी कार्यालयमा मुद्दा चलिरहेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।