माघ २२ – मोरङ जिल्लाको डाइनियामा जाँचको क्रममा प्रहरीले एक पेस्तोल, त्यसमा लाग्ने गोली र मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ

मोरङ जिल्लाको डाइनिया–२ मा प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङको पथरी गाविस–४ बस्ने रमेश सुवेदीलाई को६प ८१९५ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाई ल्याएको अवस्थामा एक थान पोस्तेल र तीन राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।