माघ २१ – पोखरेलीलाई पत्रिका किनेर पढ्न बानी बसाउने गोर्खापत्र बाजे आज मृत अवस्थामा फेला परेका छन् ।
वास्तविक नाम चन्द्रकान्त पौडेल भए पनि उनी गोर्खापत्र बाजेकै नामले परिचित थिए । आईतकार दिउँसो पोखरा–१२ माटेपानीस्थित सेति नहरमा मृत अबस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
शनिकार केलुका सकुसल पोखरा नदिपुरमा रहेको आफ्नो घरमा सुतेका उनी आईतबार विहान एक्कासी सम्पर्कविहिन भएका थिए । सधैजसो बिहान सातै बजे महेन्द्रपुलस्थित पसल पुगिसक्ने पौडेल आईतबार बिहान साढे सातबजेसम्म नपुगेपछि परिवारले प्रहरीमा खबर गरेका थिए ।
४० पर्ष अघि पत्रिकाको हकरको रुपमा काम सुरु गरेका ८१ बर्षिय पौडेल पोखराको पत्रकारिताको ईतिहासमा पोखराको पहिलो पत्रिका हिमदूत २०१७ सालमा प्रकाशन भएदेखि नै आबद्ध थिए ।
अग्रज पत्रकार केशब पराजुली पौडेल सानैदेखि हक्की र निडर स्वभावका व्यक्ति रहेको स्मरण गर्छन । उनी नेपाली पत्र पत्रिका मागेर होइन किनेर पढ्नु पर्छ भन्ने मान्यता राख्दथे ।
पौडेल नेपाली कांग्रेसका त्यागी र ईमान्दार कार्यकर्ताको चिनिन्छन् । पञ्चायत कालमा गोप्य रुपमा छापिएका पत्रिकाहरु उनी खुल्ला रुपमा बिक्री गर्ने गर्दथे ।
पौडेलका दुई छोरा, दुई छोरी र एक श्रीमती छन् । उनको सोमबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । – फडिन्द्र अकिञ्चन