माघ २१ – तपाई जताततै फोहोर फाल्दै आउनु भएको छ ? त्यसो भए होस पुर्याउनुहोस् तपाईले फोहोर फालेको खण्डमा १ लाख रुपैयाँ जरिवानासहित ३ महिना कैद सजाय पनि भोग्नुपर्ने छ ।
वाग्मती नदीमा फोहोर फाल्नेले अब उक्त सजाय भोग्नुपर्ने भएको हो ।
यसअघि कडाइका साथ कार्यान्वयन भएको ऐनलाई कडाईमा साथ कार्यान्वयन गर्न सुरु गरिएको हो ।
वाग्मती सरसफाइ तथा संरक्षण अभियान मार्फत फोहोरमैला व्यवस्थापन ऐन आकषिर्त गरी कारबाही गर्ने तयारी थालेको छ । ऐनअनुसार फोहोर व्यवस्थापन नगरे सजाय पाएपछि पनि पटक(पटक लापरबाही गरी फोहोर फ्याँके दोब्बर सजाय समेत गर्न सकिने छ ।
वाग्मतीको उद्गम थलो मानिने बाघद्वारबाट सुरु हुने अभियान उपत्यकाको अन्तिम विन्दु चोभारमुनिको कटुवालदहमा पुगेर टुंगिनेछ । सरसफाइ र सचेतनात्मक एवं जागरणजस्ता प्रचारात्मक कार्यक्रम भन्दा पनि प्रदूषण गर्नेलाई कानुनी कारबाही हुने गरी सुरु हुने अभियान प्रभावकारी हुने समितिको भनाई छ ।
Comments








