माघ १७ – सत्तापक्षीय शक्ति प्रदर्शनमा व्यापक जनशक्तिको उपस्थितका लागि एकीकृत माओवादी कार्यकर्ताले न्युरोड बजार बन्द गराएका छन् ।


एकीकृत माओवादी लगायत सत्ता पक्षको शक्ति प्रदर्शन कार्यक्रममा सहभागितालाई व्यापक बानाउँन एकीकृत माओवादी कार्यकर्ताले न्युरोड बजार बन्द गराएर त्यहाँका व्यापारिलाई शक्ति प्रदर्शनमा सहभागिताका लागि अनुरोध गरेका हुन् । माओवादी कार्यकर्ताले बजार बन्द गरेर आमसभामा सहभागिता जनाउँन अनुरोध गरेपछि व्यापरीहरुले आफैँ सटर बन्द गरेका थिए ।

 हिजोमात्र नेपाली कांग्रेस, नेकपा एमाले लगायत नौ राजनीतिक दलले राजधानीमा शक्ति प्रदर्शन गरेका थिए । सरकारले त्यसको जवाफ स्वरुप आज शक्ति प्रदर्शनको कार्यक्रम राखेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।