माघ १७ – सत्ता गठबन्धनको शक्ति प्रदर्शनले काठमाडौँका सडक अस्तव्यस्त बनेका छन्।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र एकीकृत माओवादीले राजधानीमा आज व्यापक शक्ति प्रदर्शन गर्ने घोषणा गरे अनुसार विभिन्न ठाउँबाट खुलामंचतर्फ र्याली निस्किएपछि काठमाडौँका सडक अस्तव्यस्त बनेका हुन् । माओवादी र मधेसी मोर्चाका कार्यकर्ताको र्याली सडकमा हुँदा सवारी साधन गुड्न पाएका छैनन् ।

विपक्षी नौ दलले शक्ति प्रदर्शन गरेको भोलीपल्ट सत्तारुढ गठबन्धनले शक्ति प्रदर्शन गर्दा राजधानीका सडक अस्तव्यस्त बनेका हुन् । राजधानीको खुल्ला मंचमा हुने विशाल सभाका लागि विभिन्न ठाउँबाट खुला मंचतर्फ र्याली जाने क्रम जारी रहेको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार विभिन्न ठाउँबाट निकालिएका र्यालीका कारण सडक अस्तव्यस्त बनेका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।