वैद्यले सरकार र विपक्षीको विवाद सत्ताका लागिमात्र भएको आरोप लगाउँदै आफूहरुले राष्ट्रियता, जनजिविकाको पक्षमा फागुन १ गतेदेखि आन्दोलन गर्ने घोषणा समेत गरे । आज राजधानीमा नौ दिनसम्म चलेको नेकपा–माओवादी केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलन बोल्दै वैद्यले भने ‘एमाओवादी, कांग्रेस र एमाले एउटै हुन ।’
वैद्यले अन्य राजनीतिक दलले संविधान सभाको पुनस्थापनाको विषय उठाइरहेका बेला संविधानसभा पुनःस्थापनाको सम्भावना सकिएको र नयाँ चुनाव हुने सम्भावना पनि नभएका बताउँदै वर्तमान संकटको लागि गोलमेच सम्मलेन उत्तम विकल्प भएको समेतथ बताएका छन् ।
नेकपा–माओवादीले फागुन १ गतेबाट हुने जनआन्दोलन गोलमेच सम्मेलनका लागि हुने समेत बताइएको छ । नेकपा–माओवादीको नौदिन लामु वैठकले फागुन १ गते जनयुद्ध दिवस, ८ मार्च अन्तराष्ट्रिय महिला दिवस, चैत्र ५ को सांस्कृति प्रतिरोध दिवस र चैत्र २४ को जनआन्दालने दिवसको गर्ने निर्णय गरेको समेत आजै सार्वजनिक गरेको हो ।
नेकपा–माओवादीले आन्दोलनलाई सशक्त बनाउँन भेला, गोषठी, अन्तक्रिया, धर्ना, घेराऊ, जनप्रदर्शन र मुख्य शहरहरुमा बृहत जनप्रदर्शन गर्दै सरकार विरुद्धका कार्यक्रम अगाडि बढाउँने बताएको छ ।
आन्दोलनलाई अन्य दलको भन्दा फरक ढंगले अगाडि बढाउँने समेत नेकपा–माओवादीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।