सभालाई सत्तारुढ गठबन्धनका शीर्ष नेताले सम्बोधन गरेको सभामा प्रधानमन्त्री एवम् एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले कांग्रेस एमालेले २० वर्षदेखि सत्तामा बस्दा राखेको फोहोर सोरिरहेको बताउँदै अब चाँडै जनतालाई प्रत्यक्ष असर पार्ने विषयमा प्रवेश गर्ने आश्वासन बाँडे ।
त्यस्तै सभालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस एमालेका कारण संविधान सभाको विघटन भएको अरोप लगाए । यसरी सभामा सम्बोधन गर्ने नेतामा मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले समयअनुकुल परिवर्तन नहुने शक्तिहरु बिलिन हुने बताए ।
मधेसी गठबन्धनका नेता एवम् गृहमन्त्री विजयकुमार गच्छदारले नेपाली कांग्रेस र एमालेले संघीयता स्वीरकार नगर्दा मुलुक संकटमा परेको अरोप लगाउँदै भने ‘कांग्रेस र एमालेले संघीयता स्वीरका नगर्दा देशको दुर्गति भएको हो ।’ सभालाई सम्बोधन गर्दै नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चुनावबाटै नयाँ संविधान बनाउँनुपर्नेमा जोड दिए ।
त्यस्तै सभालाई सम्बोधन गर्ने दलित जनजाति पार्टीका अध्यक्ष वीरेन्द्र पासवानले विपक्षीलाई सहमति जुटाएर सत्ता चलाउँन चुनौती दिए । सभामा सत्तारुढ गठबन्धनमा संलग्न २१ दलका नेता सहभागी भएका थिए ।








