प्रधानमन्त्रीकै अगाडि वाईसीएले भने ‘कान्तिपुरका पत्रकारलाई सिध्याउँछौँ’


माघ १६ – प्रधानमन्त्री उपस्थित कार्यक्रममा समाचार संकलनका लागि पुगेका कान्तिपुरका पत्रकारलाई वाईसीएल कार्यकताले नामै किटेर ज्यान मार्ने धम्की दिएका छन्।

एकीकृत माओवादी काभ्रे जिल्ला सम्मेलन उद्घाटन गर्न वनेपा पुगेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपस्थित कार्यक्रममा वाईसीएल कार्यकताले पत्रकार माथि हातपात गर्दै  मनोज बस्नेतको नामै किटेर ज्यान मार्ने धम्की दिएका हुन ।

समाचार संकलनका लागि कार्यक्रम स्थल पुगेका पत्रकारमाथि आक्रमण गर्दै वाईसीएल कार्यकर्ताले भने ‘कान्तिपुरले माओवादी सिध्याउन लागेको छ । कान्तिपुरका पत्रकारलाई अब हामी छोड्दैनौँ, सिध्याइदिन्छौं  ।’

वाईसीएलको आक्रमणमा पर्ने पत्रकारमा नेपाल टेलिभिजनका भोला थापा, नेपाल समाचार पत्र दैनिकका काभ्रे सम्वाददाता रामकृष्ण चपागाईं लगायत दर्जन पत्रकार रहेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।