माघ १६ – विपक्षी दलका कार्यकर्ताले प्रधानमन्त्रीलाई कालो झन्डा देखाउँने बताएपछि बनेपालाई वाईसीएलले कब्जामा लिएका छन् ।  

एकीकृत माओवादी काभ्रे जिल्ला अधिवेशन उद्घाटनका लागि वनेपा जाने क्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रमुख विपक्षी नेपाली कांग्रेस र एमालेका कार्यकर्ताले कालो झन्डा देखाउँने बताएपछि वाईसीएले प्रधानमन्त्रीको सुरक्षाका लागि वनेपा कब्जा गरेका हुन् । यसका बीचमा पनि विपक्षी दलका कार्यकर्ताले प्रधानमन्त्रीलाई कालो झन्डा देखाएपछि त्यहाँ झडपको स्थिति सिर्जना भएको छ । 
विपक्षी कार्यकर्ताले प्रधानमन्त्रीलाई कालो झन्डा देखाएपछि वाईसीएल कार्यकर्ताले विपक्षी दलका कार्यकर्तामाथि ढुंगा प्रहार गरेपछि काभ्रेको तीनबाटो तनावग्रस्त बनेको छ । विपक्षी कार्यकर्ताले प्रधानमन्त्रीको विरोध गर्दै कालो झन्डा देखाउँने कार्यक्रम सार्वजनिक गरे लगत्तै त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको भए पनि दुई पक्ष बीच झडप भएको हो । प्रहरीले विपक्षी कार्यकर्तालाई बल प्रयोग गरेर हटाउँने कोसिस गरिरहेको छ । 
काभ्रे जिल्लाको दोस्रो जिल्ला अधिवेशन उद्घाटनका लागि प्रधानमन्त्रीसहित पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बनेपा पुगेका छन् । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।