माघ १६ – इरानले अन्तरिक्षमा पठाएको एक बाँदर सफलतापूर्वक पृथ्वीमा अवतरण गराइएको छ ।
इरानले अन्तरिक्ष अभियानलाई सफल बनाउँन इरानले अन्तरिक्षमा बाँदर पठाएको थियो । बाँदरलाई सफलतापूर्वक पृथ्वीमा अवतरण गरेपछि इरानले आफ्नो अन्तरिक्ष परिक्षण सफल भएको दाबी समेत गरेको छ । इरानको सरकारी सञ्चार माध्ययम झर्नालाई उल्लेख गर्दै इरानले बाँदरलाई अन्तरिक्षबाट सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको सार्वजनिक गरेका हुन् ।
इरानको अन्तरिक्ष अभियान र केही दिनअघि होमुर्जको खाडीको मिसाइल परीक्षणको सफलताबाट इजरेल र अमेरिकीहरु सशंकित बनेको कुरालाई समेत अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । इरानले गत साता अन्तरिक्षमा पठाएको बाँदर सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको हो ।
सन् २०११ मा नै अन्तरिक्ष अभियानलाई अगाडि बढाउँने सार्वजनिक गरेको इरानले २०१३को सुरुकै दिनमा अन्तरिक्ष यात्रामा सफलता पाएको हो ।