माघ १६ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहिद दिवसको अवसरमा मंगलबार सहिद स्मारकमा माल्यार्पण गरेका छन्।
सहिद दिवसको अवसरमा औपचारिकता पुरा गर्न राजधानीको लैनचौरस्थित सहिद स्मारमा पुगेर आज बिहान प्रधानमन्त्रीले माल्यार्पण गरेका हुन् । सहिदका सपनालाई सत्तामा पुगेका साशकहरुले बिर्सने परम्परा नै बनेको नेपालमा सहिद दिवस भने विभिन्न शालिक र सहिद स्मारकमा माल्यार्पण गरेर मनाउँने गरिन्छ ।
यसै अवसरमा लैनचौर पुगेका प्रधानमन्त्रीले देशका लागि लडेका ज्ञात र अज्ञात सबै सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । सहिदको सम्झनामा स्मारकमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण समेत गर्यो । प्रत्येक वर्ष माघ १६ गते सहिद दिवसका अवसरमा सहिदहरुको सम्झनामा सार्वजनिक विदा दिएर सहिदको सम्झना गर्ने परम्परा रहेको छ । दिउँसो राष्ट्रपति डा.रामवरण यदव समेत सहिद स्मारकमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
सरकारले सहिद दिवसको अवसरमा आज सार्वजनिक विदा समेत दिएको छ ।
Comments








