माघ १६ – एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाओवादीले १० वर्ष सत्ता चलाउने दावी गरेका छन् ।
एमाओवादी नवलपरासीको दोस्रो जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले आन्दोलन गरेपनि चुनावमा गएपनि विपक्षी दलले सत्ता पाउन नसक्ने बताए ।
“सत्ताका लागि जनताको मन बुझ्न सक्नु प¥र्यो, एक दुई सयले चिच्याएर वा लुकेर ढुङ्गा हानेर सरकार पाइन्न” – उनले भने ।
महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजमा क्रान्ति पूरा गर्ने नयाँ तरिका सुझाइएको र त्यो उत्पादनमुखी भएको उनले बताए ।
दीर्घकालीन द्वन्द्व होस् भन्नेहरु जडसुत्रवादी भएको बताउँदै उनले सत्ता र सडकमा हस्तक्षेप गरेरै समाजवादी क्रान्ति पूरा गर्ने दाबी पनि गरे ।
जनताको पैmसला मान्न आएका हौँ । काँग्रेस र एमाले मान्न आएका होइनौं, निर्वाचनमा जाऔं त्यसमै फैसला हुन्छ उनले कार्यक्रममा भने आगामी जेठमा निर्वाचन गर्न आफूहरु तयार छौँ ।




