काठमाडौं २५ भदौ
जनकपुर उपमहानगरपालिकास्थित सरोज मिश्रको घरमा यतिबेला रोचक घटना घटेको छ । प्रदेश दुईको निर्वाचन नजिकिदैं आउँदा सबै भन्दा सकस त मिश्रकी आमालाई छ । 
वडा नं. ८ स्थित मिश्र परिवारमा सरोज मिश्र निर्वाचन विरोध हुन् । तर सरोज मिश्रकी आफ्नै दिदी पुनम मिश्र भने नेकपा एमालेको तर्फबाट जनकपुर उपमहानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी हुन् । 
अझ, सरोज मिश्रकै सहोदर भाइ अम्भोज मिश्र राष्ट्रिय जनता पार्टी (राजपा)  नेपालबाट उपमहानगरपालिकाको वडा नं.  ८ मा वडा सदस्यको लागि उम्मेदवार बनेका छन् । 
एकै परिवार तीन तिर छरिएपछि यतिबेला उपमहानगरपालिकाकै रोचक घटना जस्तै बनेको छ त्यहाँ । परिवारका सदस्यहरुलाई भने कसको कुरा सुन्ने भनेर सकस छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।