माघ १० – भारतले बन्द गरेको विद्युत पुनः आपुर्ति गर्ने भएपछि लोडसेडिङको समय पनि घट्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले अनौपचारिकरूपमा विद्युतभार कटौती गरी केही समय घटाइएको जनाएको हो । तर, घटाएको समय तालिका भने सार्वजनिक गरेको छैन ।

यसअघि प्राधिकरणले यही माघ ६ गतेदेखि लागू हुनेगरी विद्युत्भार कटौती थप गरी हप्तामा ९७ घन्टा पु¥याएको थियो ।

भारतबाट आपूर्ति हुँदै आएको २५ मेगावाट विद्युत् पुन.आपूर्ति हुन् थालेपछि विद्युत्भार कटौतीको समय तालिका ननिकालीकनै हाललाई परीक्षणका रूपमा विद्युत्भार कटौतीको केही समय घटाइएको प्राधिकरणले बताएको छ ।

भारतबाट कटौती गरिएको र हाल आपूर्ति हुँदै आएको विद्युत्को स्थितिलाई हेरेर विद्युत्भार कटौतीको समय तालिका परिवर्तन गर्न सकिने प्राधिकरणको भनाई छ ।

प्राधिकरणले केही दिनसम्म भारतबाट भइरहेको विद्युत् आपूर्ति कस्तो अवस्थामा हुन्छ त्यसको अध्ययन गरेर तालिका निकाल्ने बताएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।