माघ १० – आन्दोलनरत् विपक्षी दलहरुले आज पत्रकार सम्मेलन गरेर विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।
सरकार सर्वत्तावादी र निरङ्कुश बन्दै गएको भन्दै आन्दोलनमा उत्रिएका नेपाली काँग्रेस र नेकपा एमालेलगायतका विपक्षी दलहरूले आज आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
संयुक्त जनआन्दोलन परिचालन समितिले काँग्रेस केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गरी माघ २६ गतेसम्मका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
जस अन्तर्गत माघ १२ गते भक्तपुरको पाँचतले मन्दिर परिसर र ललितपुरको जावलाखेलमा विरोधसभा गरिने बताइएको छ ।
उपत्यकामा हुने कार्यक्रम अन्र्तगत माघ १६ गते राजधानीको सहिदगेटमा सहिदको फोटो प्रदर्शनी तथा विरोधसभा आयोजना गरिने पनि बताइएको छ ।
आन्दोलनरत दलहरूले माघ २६ गते काठमाडौँको रत्नपार्क खुलामञ्चमा विरोध सभा गर्ने जनाइएको छ ।
माघ १० – आन्दोलनरत् विपक्षी दलहरुले आज पत्रकार सम्मेलन गरेर विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।
सरकार सर्वत्तावादी र निरङ्कुश बन्दै गएको भन्दै आन्दोलनमा उत्रिएका नेपाली काँग्रेस र नेकपा एमालेलगायतका विपक्षी दलहरूले आज आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
संयुक्त जनआन्दोलन परिचालन समितिले काँग्रेस केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गरी माघ २६ गतेसम्मका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
जस अन्तर्गत माघ १२ गते भक्तपुरको पाँचतले मन्दिर परिसर र ललितपुरको जावलाखेलमा विरोधसभा गरिने बताइएको छ ।
उपत्यकामा हुने कार्यक्रमअन्र्तगत माघ १६ गते राजधानीको सहिदगेटमा सहिदको फोटो प्रदर्शनी तथा विरोधसभा आयोजना गरिने पनि बताइएको छ ।