माघ १०– नेपाल टेलिकमद्वारा सञ्चालित प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा डेढ घण्टापछि पुनः सञ्चालनमा आएको छ ।


यसअघि झण्डै डेढ घण्टासम्म सिस्टम डाउन भएकाले देशभर नै नेपाल टेलिकमद्वारा सञ्चालित प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा अवरुद्ध भएको थियो ।

आज दिउँसो ३ बजेदेखि अवरुद्ध भएको सेवा डेढ घण्टापछि सुचारु भएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।